prixa ad
Calenderl nepali calendar with events and festivals.

हेटौंडामा माघी महोत्सव

prixa ad

थारु समुदायले उल्लासका साथ मनाउने माघी पर्व आज हेटौंडामा पनि मनाईँदै छ । आज माघ १ अर्थात माघे सङग्रातीको अवसरपारी माघी महोत्सवको आयोजना गरिएको जनाईएको छ ।

थारु समुदायको संस्कृति र परम्परालाई जोगाउने उदेश्यले महोत्सवको आयोजना गरिएको माघी महोत्सव मूल समारोह समिति संयोजक हरिलाल चौधरीले जानकारी दिए ।

महोत्सवमा थारु सस्कृतिको पहिचानको रुपमा रहको थारु नाच, थारु जातीको इतिहास समेटेका विषयहरु, हस्तकला, थारु खानाको विशेष परिकारहरु रहने थारु कल्याणकारी सभाका सचिव चन्द्रकान्त चौधरीले जानकारी दिए ।

महोत्सव सञ्चालन गर्न ४ लाख ५ हजार खर्च लाग्ने र ५ हजार जनाले अवलोकन गर्ने आयोजकले अनुमान गरिएको छ । महोत्सव अहिले हेटौंडामा चलिरहेको छ ।

prixa ad